Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

धरानमा २४ घण्टे निषेधाज्ञा जारी

धरानमा २४ घण्टे निषेधाज्ञा जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०८० शनिवार • १०:५६:२९ बजे
  • 292
    SHARES
  • धरानमा २४ घण्टे निषेधाज्ञा जारी

    धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित घटना रोक्न जिल्ला प्रशासन कार्यालयले २४ घण्टे निषेधाज्ञा जारी गरेको हो । गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ ।

    images

    निषेधाज्ञा शनिबार राति १२ बजेसम्म लागु हुनेछ । प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका-१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं.२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

    यस्तै, धरान उपमहानगरपालिका-५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी-६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको जानकारी दिइएको छ । प्रशासनले निषेधाज्ञा अवज्ञा हुने कुनै पनि क्रियाकलाप भए कारबाही हुने चेतावनीसमेत दिएको छ ।

    धरानमा पछिल्लो समय गोरू काटेर खाएको विषयलाई लिएर विवाद चुलिँदो छ । धरानका मेयर हर्कराज राईले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि धरान नगरवासीमा अपिल गरेका छन् । मेयर राईले एक अपिल जारी गर्दै समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खल्बलिने उल्लेख गरेका छन् ।

    धरानका निवर्तमान मेयर तिलक राई, पूर्वमेयर कुमारबहादुर कार्की, पूर्वमेयर मनोजकुमार मेन्याङबो र पूर्वउपमेयर मीनकुमार सुब्बाले पनि संयुक्त अपिल जारी गर्दै सद्भाव कायम राख्न अपिल गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology