Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन

पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०८० शनिवार • १४:४५:२४ बजे
  • 358
    SHARES
  • पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन

    राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ ।

    images

    लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो । गत आइतबार उडान भरेका निजी जहाजले सोमबार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो ।

    आज बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगञ्जबाट समिट एयरले पहिलो उडान सिमकोट भरेको हुम्लाका स्टेशन इन्चार्ज गोविन्द लामाले बताए । बिहान १० बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्स उडान भर्न सफल भएका हुन् । हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई केही सहज भएको छ ।

    जिल्लामा दैनिक उपभोग्य वस्तु भित्रिएको छ । योसँगै जिल्लामा पसल व्यवसायीको सामग्री, निर्माण सामग्री, खाद्यान्न पनि भित्रिएको छ । नेपालगञ्जबाट समिट, सीता र तारा एयरले हुम्लामा उडान भरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए । बिहान पानी पर्ने र दिउँसो हावा लाग्ने हुँदा हुम्लामा पाँच दिनसम्म उडान हुन नसकेको हो ।

    उडान नभएपछि पाँच दिनअघि टिकट लिएका यात्रु नेपालगञ्ज विमानस्थलमा रोकिनुपरेको थियो । उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य सामान पनि ढुवानी हुने भएको छ ।

  • सम्बन्धित विषय:

  • # हवाई उडान सञ्चालन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology