Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०८० सोमवार • १२:३७:०४ बजे
  • 730
    SHARES
  • आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

    दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ ।

    images

    आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको बताए ।

    पाण्डेकाअनुसार बैतडीको पाटन पुग्ने बेला साउँदको मृत्यु भएको थियो । घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी साउँदको ८० प्रतिशत शरीर जलिसकेको डीएसपी पाण्डेले बताए ।

    प्रहरीका अनुसार घरमा श्रीमान् श्रीमती बस्ने गरेकोमा श्रीमान् बजारतिर गएका बेला उनले आगो लगाएकी थिइन् । उनको आत्महत्याको कारण भने खुलेको छैन ।

  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology