Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पहिरोले जीप पुर्दा ३ जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते

पहिरोले जीप पुर्दा ३ जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०८० बुधवार • १०:३८:३४ बजे
  • 733
    SHARES
  • पहिरोले जीप पुर्दा ३ जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते

    पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो।

    images

    पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ७जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

    उनले १ महिला र २ पुरुष रहे पनि उनीहरूको सनाखत हुन बाँकी रहेको बताए। गुल्मीबाट बुटवलतर्फ जाँदै भाडाको स्कारपियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको थियो ।

    पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ। घाइते हरुको लुम्बिनी मेडिकल प्रभास पाल्पा उपचार लागि ल्याउँदै गरिएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology