Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पेस्तोलसहित भक्तपुरबाट एक जना पक्राउ

पेस्तोलसहित भक्तपुरबाट एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०८० बिहिवार • १०:१९:३७ बजे
  • 925
    SHARES
  • पेस्तोलसहित भक्तपुरबाट एक जना पक्राउ

    मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गए राति एक जनालाई पक्राउ गरेको छ ।

    images

    सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको हो ।

    प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए। प्रहरीले माझीको साथबाट दुई थान कटुवा पेस्तोल, साही पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा४३प ९००० नम्बरको स्कुटर बरामद गरेको छ ।

    माझीलाई पक्राउ गर्ने क्रममा उनको साथमा रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार भएको प्रहरीले जनाएको छ ।

    यसैबीच भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केकोपाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने क्रममा प्रहरीको गस्ती टोलीले दाङको बबई गाउँपालिका–२ घर भएका २४ वर्षीय पूर्णबहादुर खासुलाई पक्राउ गरेको छ ।

  • सम्बन्धित विषय:

  • # एक जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology