Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भ्याक्सिन

अमेरिकी बायोटेक कम्पनीले बनाएको कोरोनाविरुद्धको खोपले रोग प्रतिरोधी क्षमता बढायो

अमेरिकी बायोटेक कम्पनीले बनाएको कोरोनाविरुद्धको खोपले रोग प्रतिरोधी क्षमता बढायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७७ बिहिवार • १०:२४:१४ बजे
  • 1.9K
    SHARES
  • अमेरिकी बायोटेक कम्पनीले  बनाएको कोरोनाविरुद्धको खोपले रोग प्रतिरोधी क्षमता बढायो
    एजेन्सी । कोरोना भाइरसको विश्वब्यापी महामारी जारी रहेकै बेला विभिन्न मुलुकका वैज्ञानिकहरु यसविरुद्धको खोप विकासमा द्रुतगतिका साथ लागिरहेकै छन । यसै सन्दर्भमा अमेरिकी बायोटेक कम्पनी मोडेर्नाद्वारा विकास गरिएको कोरोनाविरुद्धको खोप ‘एमआरएनए १२७३’ को पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । यो खोपले खासगरी बृद्धबृद्धाहरुको रोग प्रतिरोधी क्षमतालाई बढाएको कम्पनीले जनाएको छ ।
    मोडेर्नाले अमेरिकाको नेशनल ईन्स्टिच्युट अफ एलर्जी (एनआइएआइडी)संग मिलेर विकास गरेको यो खोप सुरक्षित पनि भएको दावी गरिएको छ । ‘न्यु ईङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित शोधपत्रका अनुसार पहिलो चरणको परीक्षणका क्रममा ५५ बर्षभन्दा माथीका मानिसहरुमा ‘एमआरएनए १२७३’ खोप निकै प्रभावकारी देखिएको छ । अर्थात बृद्ध उमेरका कोरोना संक्रमित विरामीहरुमा यो खोप अधिक प्रभावशाली रहेने पुष्टि हुन्छ ।
    एनआइएआइडीका वैज्ञानिकहरुका अनुसार, कोरोना भाइरस संक्रमणको अधिक खतरा बृद्ध उमेरका मानिसहरुमा बढी छ । यस्तो अवस्थामा ‘एमआरएनए १२७३’ खोपको पहिलो चरणको सकारात्मक नतिजालाई निकै महत्वका साथ हेरिएको छ । परीक्षणमा ५६ देखि ७० बर्ष उमेर समूहका २० जना र ७१ वर्षभन्दा माथि उमेरका २० जनालाई सहभागी गराइएको थियो । यीमध्ये १० जनालाई कम र १० जनालाई खोपको अधिक डोज दिइएको थियो । यसरी खोप दिइएका सबैजनालाई एक महिनापछि पुनः दोस्रोपटक खोप दिइयो ।
    यस क्रममा सबैलाई गहन रुपमा निरीक्षणमा राखिएको थियो । यीमध्ये धेरैजसोमा सकारात्मक परिणाम आएको छ । केहीमा हल्का ज्वरो आउने र थकानको महसुस हुने लक्षण पनि देखिएको थियो । यद्यपि अनुसन्धानकर्ताहरुले यो ‘एमआरएनए १२७३’ खोपलाई धेरै हदसम्म सुरक्षित भएको दावी गरेका छन ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology