Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०८० आइतवार • १०:२६:१३ बजे
  • 466
    SHARES
  • सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    images

    दोलखाबाट खाडिचौरतर्फ जाँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान साढे तीन बजेतिर आफैं अनियन्त्रित भई घुम्तीबाट करिब ३०० मिटर तल सडकै खसेको थियो ।

    दुर्घटनामा गाडी चालक काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनाको खबर पाएपछि लामोसाँघु, ठूलोपाखर र बाह्रबिसेबाट प्रहरी टोली उद्धारमा खटिएका थिए ।

    घाइतेहरुलाई उद्धार गरी उपचारका लागि खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालमा लगिएकोमा उत्तम महर्जन र बलबहादुर खत्रीलाई डाक्टरहरुले आज बिहान सवा पाँच बजेतिर मृत घोषणा गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology