Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०८० सोमवार • १२:५२:१० बजे
  • 499
    SHARES
  • वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु

    वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ ।

    images

    सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए । मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।

    उनले भने, ‘आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हुँ, म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । माथि गएर हाम फालेछन् ।’ हामफालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको उनले बताए ।

    उनले भने, ‘उनी को हुन् भन्ने थाहा छैन, उनको शव बेवारिसे अवस्थामा छ ।‘

  • सम्बन्धित विषय:

  • # एक पुरुषको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology