Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डेंगु सङ्क्रमित सङ्ख्या बढ्यो

डेंगु सङ्क्रमित सङ्ख्या बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०८० शुक्रवार • १९:५४:०४ बजे
  • 748
    SHARES
  • डेंगु सङ्क्रमित सङ्ख्या बढ्यो

    नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या प्रत्येक दिन बढिरहेको छ ।   ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार १२ सङ्क्रमित थिए  भने आज यो संख्या बढेर २४ हजार ४१७ जना पुगेको छ । अर्थात् ४०५ सङ्क्रमित बढेका हुन् ।  

    images


    गएको साढे सात महिनाको अवधिमा  सङ्क्रमित मध्ये १४ जनाको मृत्यु भएको छ । यस्तै डेंगु सङ्क्रमण ७५ जिल्लामा देखिएको  ईडीसीडीले जनाएको छ ।


    सङ्क्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै  १३ हजार ८७७  जनामा सङ्क्रमण सुनसरी जिल्लामा पुष्टि भएको छ । दोस्रोमा २ दुई हजार २५४ जना मोरङमा सङ्क्रमण पुष्टि भएको छ । तेस्रोमा २ हजार १९७ जनामा धादिङमा पुष्टि भएको छ ।


    यस्तै, १ हजार ३६४ जना झापामा, ४५८ जना काठमाडौँमा, ३७३ जना धनकुटामा, ३३४ जना सङ्खुवासभामा, ३३१ जना धनुषामा, २७३ जना कास्कीमा र २६५ जना कैलालीमा सङ्क्रमित रहेका छन् । 

    कुन प्रदेशमा कति सङ्क्रमित

    सात प्रदेश मध्ये सबैभन्दा धेरै कोसी प्रदेशमा डेंगु सङ्क्रमित दर उच्च रहको पाइएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा मात्रै १८ हजार ६८२ जना डेंगु सङ्क्रमित छन् । त्यसपछि बाग्मती प्रदेशमा ३ हजार ३२४ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ७०१० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    सुदूरपञ्चिम प्रदेशमा ७१५, मधेस प्रदेशमा ५२२, लुम्बिनी प्रदेशमा ४०१७ र कर्णाली प्रदेशमा ४९ जना सङ्क्रमित पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # सङ्ख्या बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology