Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कुखुरा लिएर आउँछु भनेर निस्किएकी प्रिती सम्पर्कविहीन

कुखुरा लिएर आउँछु भनेर निस्किएकी प्रिती सम्पर्कविहीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०८० शुक्रवार • २०:०८:३२ बजे
  • 1.2K
    SHARES
  • कुखुरा लिएर आउँछु भनेर निस्किएकी प्रिती सम्पर्कविहीन

    माइती घरबाट कुखुरा लिएर आउँछु भन्दै हिँडेकी एक महिला विगत १२ दिनदेखि सम्पर्क विहीन भएकी छिन् ।

    images

    मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारका कमान सिं स्याङ्बोकी पत्नी ३३ वर्षीया शान्ति भनेर चिनिने प्रिती माया स्याङ्तान सम्पर्कविहीन भएकी हुन् ।

    गत भदौ १० गते पति काममा गएका बेला प्रिती आफ्नी दुई छोरीहरुलाई राक्सिराङ-२ भड्डी स्थित माइती घरबाट कुखुरा ल्याउँछु भन्दै निस्किएकी थिइन् । तर उनी माइती नपुगेको उनकी पति कमानले जानकारी दिए ।

    कमानले बिहीबार पत्नीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय मनहरीमा पत्नीको हुलियासहितको निवेदन दिएका छन् । उनले प्रितीले गत भदौ १२ गते ससुरा बुबालाई फोन सम्पर्क गरी २/३ दिनमा घर आउँछु भनेको तर अहिले प्रितीको फोन सम्पर्क नम्बर बन्द रहेको बताए ।

    ज्याला, मजदुरी गरेर जीवीकोपार्जन गर्दै आएका कमान धेरैदिन बितिसक्दा पनि हराएकी पत्नी सम्पर्कमा नआएपछि खोजी गरिदिन भन्दै प्रहरीकोमा पुगेका हुन् ।

  • सम्बन्धित विषय:

  • # प्रिती सम्पर्कविहीन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology