Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रोकिराखेको ट्रकमा बस ठोक्किँदा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

रोकिराखेको ट्रकमा बस ठोक्किँदा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०८० शनिवार • १०:३३:१९ बजे
  • 904
    SHARES
  • रोकिराखेको ट्रकमा बस ठोक्किँदा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

    बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

    images

    दुर्घटनामा अन्य १३ जना सख्त घाइते भएका छन् । कोहलपुरका डीएसपी सुन्दर तिवारीले बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा दुर्घटना भएको बताए ।

    मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर वतन नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

    बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको थारु सङ्ग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको बताइएको छ ।

    राप्ति सोनारी गाउँपालिका–८ को जंगल क्षेत्रमा राति सवा ९ बजेतिर घटनाको भएको प्रहरीले जनाएको छ। घाइतेहरूको नेपालगन्ज उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology