Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वायर्नले जिते सुपर कपको उपाधि

वायर्नले जिते सुपर कपको उपाधि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १५, २०७७ बिहिवार • १४:२०:३१ बजे
  • 1.1K
    SHARES
  • वायर्नले  जिते सुपर कपको उपाधि
    जर्मन सुपर कपको उपाधि वायर्न म्युनिखले जितेको छ। बुधबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई ३-२ गोलले पराजित गर्दै वायर्नले उपाधि जितेको हो। 

    रोमाञ्चक खेलमा वायर्नले खेलको १८ मिनेटमा टोलिसोले पहिलो गोल गरे। खेलको ३२ मिनेटमा थोमस मुलरले वायर्नको अग्रता दोब्बर पारेका थिए। 

    डर्टमुन्डका लागि जुलियन ब्रान्डले ३९ मिनेटमा गोल गरेका थिए। ५५ मिनेटमा हालान्डले बराबरी गोल फर्काउन सफल भए।

    ८२ मिनेटमा किमिचले गोल गर्दै वायर्नलाई ३–२ को अग्रता दिलाएका थिए।

    गत सिनज बुन्डेस लिग, लिग कप र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको वायर्नले लिगमा भने राम्रो सुरुवात गर्न सकेको छैन। 

    वायर्नलाई यहि साता होफेनहाइमले ४-१ गोलले पराजित गरेको थियो। जससँगै वायर्नको ३२ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो। 

    सुपर कपको उपाधिपछि भने वायर्नलाई राहत मिलेको छ।

  • सम्बन्धित विषय:

  • # जर्मन सुपर कप
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology