Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोरोना

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७७ बिहिवार • १८:१७:१८ बजे
  • 955
    SHARES
  • कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु

     नेपालमा कोरोना संक्रमणबाट सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेर भेरी अस्पताल नेपालगञ्जमा उपचाररत डाक्टरको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका डा.हरि सापकोटाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।

    सापकोटा कर्णाली प्रादेशिक अस्पताल सुर्खेत कालागाउँमा चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनकोरुपमा कार्यरत थिए ।

    images

    सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेर भेरी अस्पताल नेपालगञ्जमा उपचाररत डाक्टर सापकोटा कोरोना संक्रमितको उपचारमा खटिनेक्रममा कोरोना संक्रमित भएका थिए । उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनी कोरोनाबाट ज्यान गुमाउने पहिलो डाक्टर हुन् । यसअघि दुईजना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology