Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

समृद्ध राष्ट्र निर्माणमा शिक्षाको भूमिका

समृद्ध राष्ट्र निर्माणमा शिक्षाको भूमिका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०८० बिहिवार • १६:४३:१९ बजे
  • 6.1K
    SHARES
  • समृद्ध राष्ट्र निर्माणमा शिक्षाको भूमिका

    मानव एक संवेदनशील प्राणी हो । उहिलेको त्यो विकट जङ्गली युगबाट ढुङ्गे युग, कृषि युग हुँदै अहिलेको यो सुविधा सम्पन्न आधुनिक औद्योगिक युग सम्म आउन सफल मानिसले आज दिनहुुँ नयाँ नयाँ प्रगती गर्दै आएको छ। यस पछाडी को एक गहन र अत्यन्तै महत्त्वपूर्ण कारण भनेको साक्षरता हो । शिक्षाको शाब्दिक अर्थ कुनै निश्चित शीर्षक वा क्षेत्रसम्बन्धी ज्ञान हो । अन्य शब्दमा भन्नू पर्दा , यस्तै प्रकारको ज्ञान् को आदान प्रदानको प्रक्रियालाई पनि शिक्षाका रुपमा परिभाषित गर्न सकिन्छ । अहिलेको यो विज्ञान र प्रविधी फस्ट्याउँदै गरेको युगमा , शिक्षा र साक्षरता बिना कुनै पनि कार्य सफल हुन सक्दैन । त्यसै गरि, कुनै पनि राष्ट्रको स्मृद्ध विकासमा पनि शिक्षाको भूमिका अतुलनीय हुन्छ। हाम्रो राष्ट्र नेपालको सन्दर्भमा भन्दा, यहाँ प्राचीन कालमा गुरुकूल , ऋषिकूल , मार्फत शिक्षा आदानप्रदान हुन्थ्यो। त्यस पश्चात् , वि सं १९५० तिर राणाकालीन समयमा प्रथम राणा प्रधानमन्त्री श्री जङ्ग बहादुर राणाले आफ्नो बेलायत भ्रमणबाट उत्प्रेरित भएर दरबार हाई स्कुल को स्थापना गरि नेपालमा औपचारिक शिक्षाको प्रवर्तन गरेका थिए । त्यहीँ काल अन्तर्गत, मात्र ११४ दिन सम्म सत्ता सम्हालेका उदारवादी शासक श्री देव समशेरले पनि लगभग १५० विद्यालयहरुको स्थापना गरेर देशमा शैक्षिक क्रान्ति ल्याउने जमर्को गरेका थिए । महोदय त्यस पश्चात् मात्र ३% को कमजोर साक्षर दरलाई माथी उकाल्दै निरंकुश राणा शासनका वाबजुत हाम्रो देशमा भएका आर्थिक तथा सामाजिक सुधारलाई हामी सबैले स्व–मनन गर्न सक्छौ ।

    images


        समृद्ध राष्ट्र एउटा यस्तो राष्ट्र हो जहाँका जनताहरु आफ्नो आवश्यकता परिपूर्तिको पहल गर्दै एकता बद्ध भएर आफ्नो राष्ट्र र राष्ट्रियताको उत्थानका निमित्त खटिन्छ्न । र यदि एउटा मानिस शिक्षित भयो भने मात्र उसको मनमा राष्ट्रिय समृद्धिका लागि खटिने अभिलाषा सजीव भएर आउँछ ।


        महान आफृकी शासक श्री नेल्सन माण्डेला  ले “ कुनै एउटा राष्ट्रलाई ध्वस्त पार्नु छ भने त्यस राष्ट्रको शिक्षा प्रणाली ध्वस्त पारे हुन्छ “ भनेका छन् । त्यसै गरि, उनले नै शिक्षालाई विश्व परिमार्जनमा प्रयोग गर्न सकिने शक्तिशाली हतियारका रुपमा परिभाषित गरेका छन। अन्य उदाहरणका लागि हामीले दुई देश नाइजर र फिन्ल्याण्ड लाई लिन सक्छौ । फिनल्यान्ड को साक्षर दर लगभग १००% नै रहेको छ र यो देश विश्वकै सबै भन्दा विकसित देश मध्येको एक हो त्यसैगरी , नाइजर को साक्षर दर ३५% रहेको छ र यी देश अविकसित र दुर्गम देशको वर्गमा पर्छ । के होला त महोदय यो जमिन आसमानको भिन्नताको कारण, अवश्य नै शिक्षा । शिक्षाले नै गर्दा देश डाक्टर , पाइलट , इन्जिनियर जस्ता उद्यमीहरुले भरिपूर्ण हुन्छ । शिक्षाले नै गर्दा राष्ट्रमा भएका स्रोत साधनहरुको उचित परिचालन हुन्छ र हाम्रो देश नेपाल जस्ता कम्जोर तर  प्राकृतिक तथा सांस्कृतिक महत्त्व बोकेका राष्ट्रहरुले सफलताको शिखर चुम्न सक्छन् । 


     समुन्नत राष्ट्र बनाउन विद्यार्थीहरुको अत्यन्तै अनुकरणीय भूमिका हुन्छ । आजका तत्पर विद्यार्थी भनेका भोलिको देशका जिम्मेवार नागरिकहरु हुन् । अहिले का विद्यार्थी जति प्रबुद्ध , कुशल , सक्षम र सीप युक्त जति कोहि हुँदैनन , त्यत्ति कै उनीहरुको भविष्य पनि उज्ज्वल हुन्छ । उनीहरु भित्र शक्तिको अथाह सागर लुकेको हुन्छ । यस दृष्टिकोणले पनि होला उनीहरुको काँधमा कैयन दायित्व हुन्छ । स्वस्थ बुद्धि र चिन्तन बाट नै मानिसको चौतर्फी विकास हुने भएकाले आफ्नो राष्ट्रको स्मृद्धिका लागि विद्यार्थीहरुले नैतिक बलको विकास गर्नु पर्छ र आफ्नो समाजमा नैतिक जीवनको आदर्श व्यक्त गर्नु पर्छ । तर विद्यार्थी हरुले आफ्नो शक्तिलाई तोड्फोड र विध्वंसकारी क्रियाकलापमा लगाएमा राष्ट्रकै माहोलले प्रतिकूल रुप लिन सक्छ ।


      यसकारण समृद्ध र समुन्नत राष्ट्रको निर्माणमा शिक्षा र साक्षरता भनेका अपरिहार्य तत्त्व हुन् । नेपाल लगायत यो विश्वका सबै देशले शिक्षाका क्षेत्रमा अनुकरणीय सुधार ल्याउनु पर्छ र शिक्षालाई सीप , रोजगार र प्रविधी सँगै जोडेर खानी ,पानी , र जवानी अर्थात युवा शक्तिको उचित परिचालन गर्दै सिपयुक्त र प्रविधिगत साक्षरतामा जोड दिनु पर्छ ।

    विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको “कुनै पनि राष्ट्रको विकास युवाका कारण भएकाले युवा परिचालनलाई राज्यले व्यापकता दिनुपर्छ”, उनले भने । संसार बदल्ने युवा जनशक्ति भएकाले युवालाई समावेश गरेर अगाडि बढ्न जरुरी रहेको कुनै पनि राष्ट्रको निर्माणमा विद्यार्थीहरूको भूमिका अति नै महत्त्वपूर्ण हुन्छ किनभने आजको विद्यार्थी भोलि देशका नागरिक हुन्छन् । युवावर्गको काँधमा नै राष्ट्र निर्माण र विकासको भार हुन्छ । उनीहरू भित्र शक्तिको अथाह सागर लुकेको हुन्छ । उनीहरूमा असीमित उत्साह हुन्छ । खाँचो उनीहरूको यस शक्तिको उपयोग सिर्जनात्मकरूपमा गरिनु हो अन्यथा उनीहरूले आफ्नो शक्तिलाई तोडफोड र विध्वंसकारी क्रियाकलापमा लगाउन सक्छन् ।


    आजको विद्यार्थी जति प्रबुद्ध, कुशल, सक्षम र सीपयुक्त हुन्छ, त्यत्तिकै देशको भविष्य पनि उज्ज्वल हुन्छ । यस दृष्टिकोणले पनि होला उनीहरूको काँधमाथि कैयन दायित्व हुन्छ, जसको निर्वाह गरेर उनीहरूले राष्ट्र निर्माणको दिशामा महत्वपूर्ण योगदान दिन सक्छन् ।स्वस्थ बुद्धि र चिन्तनद्वारा नै मानिसको विकास हुने भएकोले आफ्नो र राष्ट्रको समृद्धिका लागि विद्यार्थीहरूले नैतिक बल बढाउनुपर्छ र समाजमा नैतिक–जीवनको आदर्श प्रस्तुत गर्नुपर्छ । समाजमैं बसेर आज विद्यार्थीले शिक्षा ग्रहण गरिराखेका छन् । शिक्षा प्राप्त गर्न पहिलेजस्तो गुरुकुलमा गएर बस्नु पर्दैन । यस कारण ले पनि होला उनीहरूमाथि आज राष्ट्र, परिवार र समाज आदिको कैयन जिम्मेवारी थपिएको छ । जुन विद्यार्थीले आफ्नो यस जिम्मेवारी र कर्तव्यको निर्वहन गर्दछ ।

  • सम्बन्धित विषय:

  • # शिक्षाको भूमिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology