Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु

डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०८० बिहिवार • १३:२१:४८ बजे
  • 508
    SHARES
  • डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु

    गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

    images

    जिल्लाको रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

    तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्री सुनारलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले डोजर चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका-७ रतवास बस्ने २९ वर्षका कृष्णबहादुर लामिछान्लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । घटना स्थलमा प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली खटिएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जना वृद्धको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology