Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्यालेष्टाइनी जनतामाथिको नरसंहार तत्काल रोक्न माग

प्यालेष्टाइनी जनतामाथिको नरसंहार तत्काल रोक्न माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०८० बिहिवार • २०:५०:४५ बजे
  • 613
    SHARES
  • प्यालेष्टाइनी जनतामाथिको नरसंहार तत्काल रोक्न माग

    नेपालका पत्रकार तथा मानवअधिकारकर्मीहरुले इजरायलले मच्चाइरहेको आतंकवादी हमला र नरसंहारको सिलसिला तत्काल रोक्न माग गरेका छन् ।

    images

    बिहीबार दुई दर्जनबढी पत्रकार तथा मानवअधिकारकर्मीहरुले एक विज्ञप्ति जारी गर्दै प्यालेष्टाइनी जनतामाथिको नरसंहार तत्काल रोक्न माग गरेका हुन् ।

    उनीहरुले तत्काल युद्धविराम गरी गाजा क्षेत्रमा मानवीय सहायता लाने बाटो खोल्न इजरायललाई दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अपिलसमेत गरेका छन् ।

    आफूहरु प्यालेष्टाइनी जनताका अधिकारको पक्षमा रहेको बताउँदै उनीहरुले भनेका छन् : ‘प्यालेष्टाइनीहरुलाई अलग राज्यका रुपमा संगठित हुने अधिकार विना त्यसक्षेत्रमा संघर्ष रहिरहनेछ भन्ने हामीलाई विश्वास छ ।’

    उनीहरुले हमास आतंकवादीहरुसँग अपहरण गरिएका सम्पूर्ण गैरसैनिक नागरिकहरुलाई तत्काल बन्धक अवस्थाबाट मुक्त गर्न समेत माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ : ‘हामी हमास आतंकवादीहरुसँग अपहरण गरिएको सम्पूर्ण गैरसैनिक नागरिकहरुलाई तत्काल बन्धक अवस्थाबाट मुक्त गर्न माग गर्दै उनीहरुले इजरायलमा गैरसैनिक नागरिकमाथि गरेको आक्रमण, १० जना नेपालीुहित गैरसैनिक नागरिकहरुको हत्या र अपहरणको भर्त्सना गर्छौं ।’

    उनीहरुले इजरायल र प्यालेष्टाइनबीच दुई अलग र स्वतन्त्र राज्यको अवधारणाका आधारमा समस्या समाधान गरेमात्र पश्चिम एसियामा दिगो शान्ति स्थापना हुनेमा विश्वास गर्न सकिने समेत बताएका छन् ।

    केही हप्ताअघि प्यालेष्टाइनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि अहिले इजरायलले पनि प्यालेष्टाइनीतर्फ आक्रमण तीव्र बनाएको छ । सो आक्रमणका कारण दुवैतर्फ ठुलो जनधनको क्षति भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology