Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

म्याग्दीमा ३ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दीमा ३ जनामा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७७ बिहिवार • १८:२८:०३ बजे
  • 1.1K
    SHARES
  • म्याग्दीमा ३ जनामा कोरोना संक्रमण पुष्टि
    अमित विश्वकर्मा /म्याग्दी जिल्लाका ३ जना ब्यक्तीमा कोेरोना संक्रमण पुष्टि भएको छ ।  बिदेशबाट पछिल्लो समय म्याग्दी आइ बेनीको क्वारेन्टाइनमा बसिरहेका, अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, तथा जोखिमयुक्त जिल्ला बाट आएका गरि ४३ जनाकोे स्वाब संक्रलन गरि असोेज १२ गते पीसीआर परिक्षणका लागि पोखरा पठाइएकोेमा बिहिबार ३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । 

     भारतबाट आइ माउन्ट एभरेष्ट माबीकोे क्वारेन्टाइनम बसेका अन्नपुर्ण गाउँपालीका वडा नं ६ का ४५ बर्षिय महिला र १८ बर्षका पुरुष तथा मालीका गाउँपालीका वडा  नं ६  का २०  बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ३ जनाको स्वास्थ्य अबस्था सामान्य रहेको उहाँहरुलाइ बेनीको स्थीत आइसोलेशनमा सारिएको छ । 

     हाल सम्म म्याग्दी जिल्लामा कोराना संक्रमितको जम्मा संख्या ४७ पुरुष र ६ महिला गरि ५३ पुगेको छ भने ४५ पुरुष र ५ महिला गरि ५० जना निकोे भइसकेका  छन । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology