Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ

६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०८० आइतवार • ११:०२:१७ बजे
  • 1.1K
    SHARES
  • ६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ

    आइतबार बिहान शक्तिशाली भूकम्प गएपश्चात् धादिङ केन्द्रविन्दु भएर लगातार परकम्पहरू गइरहेका छन् ।

    images

    आज बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसयता लगातार स–साना परकम्पहरू गइरहेका छन् ।

    आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो तथा ८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

    ठुलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology