Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

धादिङ केन्द्रविन्दू भएर आइतबार साँझ लगातार दुई परकम्प

धादिङ केन्द्रविन्दू भएर आइतबार साँझ लगातार दुई परकम्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०८० आइतवार • १९:०८:३१ बजे
  • 397
    SHARES
  • धादिङ केन्द्रविन्दू भएर  आइतबार साँझ  लगातार दुई परकम्प

    धादिङको खरी आसपास केन्द्रविन्दु भएर आइतबार साँझ लगातार दुई परकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

    images

    आइतबार बिहान शक्तिशाली भूकम्प गएयता लगातार परकम्पहरु गइरहेका छन् ।आज बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता लगातार स–साना परकम्पहरू गइरहेका छन् ।

    यसअघि आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो तथा ८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

    ठुलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology