Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आमासहित तीन छोराछोरीको हत्या

आमासहित तीन छोराछोरीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ११, २०८० शनिवार • १०:३६:५६ बजे
  • 982
    SHARES
  • आमासहित तीन छोराछोरीको हत्या

    मुगुमा फेला परेको तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको बताएका हुन् ।

    images

    शुक्रबार बिहान ११ बजे खबर पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो । थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए ।

    ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको अनुमान गरिएको छ । '९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखिपछि छिमेकीहरूले बिहानै सिमी टिप्न खेत गरा तिर गएका होलान् सोचेका रहेछन्,' थापाले भने,' आज बिहानसम्म पनि घरमा ताला लगाएको देखे ।

    स्थानीले फेरी माइतीतिर गएको हो कि भनेर फोन गरेका थिए । तर माइतीबाट ८ गते नै फर्किएको बताएपछि बिहान १० बजेतिर स्थानीयले ढोकाको ताला तोडेका थिए । भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए ।' मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेको थापाले बताए ।

    कसले किन र के कारण हत्या गरेको हो भन्ने विषयमा थप अनुसन्धानपछि मात्र थाहा हुने थापाको भनाइ छ। अनुसन्धानका लागि कुकुरसम्म झिकाउने प्रहरीले तयारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # छोराछोरीको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology