Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

परस्त्रीसँगको सम्बन्ध नै प्रिन्सिपल सर्राफ हत्याको मुख्य कारण

परस्त्रीसँगको सम्बन्ध नै प्रिन्सिपल सर्राफ हत्याको मुख्य कारण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०८० मंगलवार • ११:४१:०४ बजे
  • 2.1K
    SHARES
  • परस्त्रीसँगको सम्बन्ध नै  प्रिन्सिपल सर्राफ हत्याको मुख्य कारण

    बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्यामा उनकै प्रेमिका संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सर्राफको प्रेमिका भनिएकी ती महिलासहित सात जनालाई पक्राउ गरेपछि थप रहस्य खुलेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार सर्राफ हाल पक्राउ परेकी महिलासँग लामो समयदेखि गहिरो प्रेममा थिए । विवाहित सर्राफको श्रीमती, एक छोरा र एक छोरी छन् । ‘ हाल पक्राउ परेका आरोपीहरूको बयान अनुसार सर्राफ लामो समयदेखि एक महिलासँग गहिरो सम्बन्धमा रहेको देखियो,’ एसपी काफ्लेले रातोपाटीसँग भने,‘ यही सम्बन्धमा खटपट सुरु भएपछि सर्राफको हत्या योजना बुनेको देखिन्छ ।’

    उनका अनुसार सर्राफको दोस्रो प्रयासमा मात्रै हत्या भएको अनुसन्धानबाट खुलेको छ । यसअघि एक होटेलमा सर्राफको हत्या गर्न खोजिएको थियो । तर, उनी उम्कन सफल भएका थिए ।

    त्यतिबेला सर्राफले प्रहरीमा कुनै जानकारी गराएका थिएनन् । उनले आफ्नो प्रेमसम्बन्ध परिवारमा समेत बताएका थिएनन् । सर्राफसँग प्रेममा रहेकी महिलाको अर्को एक पुरुषसँग पनि सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

    ती पुरुषले पटक पटक सर्राफलाई प्रेमिकासँगको सम्बन्ध तोड्न चेतावनी दिँदै आएका थिए । सर्राफले सम्बन्ध तोड्न नमानेपछि हत्याको योजना बुनेको प्रहरीले जनाएको छ । बारा प्रहरीले आज पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिँदै छ ।

    काफ्लेले भने,‘ अनुसन्धानबाट धेरै कुरा खुलेका छन्, पत्रकार सम्मेलनमा बताउँछु ।’ सर्राफको सोमबार गोली हानी हत्या गरिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology