Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाँकेबाट पक्राउ परे योग ढकाल रिगल

बाँकेबाट पक्राउ परे योग ढकाल रिगल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०८० बिहिवार • १८:५४:५६ बजे
  • 2.6K
    SHARES
  • बाँकेबाट पक्राउ परे योग ढकाल  रिगल

    सर्वोच्च अदालतले राष्ट्रपतिले गरेको कैद मिनाहा बदर गर्दै योग ढकाल (रिगल) लाई कैद गर्न परमादेश दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको न्यूरोड क्षेत्रबाट रिगललाई पक्राउ गरिएको बाँकेका एसपी सुभास बोहोराले जानकारी दिए ।

    images

    गत ३ असोजमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा उनको कैद मिनाहा गरेका थिए । कैद मिनाहा भएपछि दाङको घोराहीस्थित कारागारमा रहेका रिगल कैदमुक्त भएका थिए ।

    त्यसपछि रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा आज सर्वोच्चले फैसला सुनाउँदै रिगललाई बाँकी रहेको कैद सजाय दिन भनेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology