Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओमानमा अब भ्रमण भिसाले काम गर्न नपाइने

ओमानमा अब भ्रमण भिसाले काम गर्न नपाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०८० शुक्रवार • ११:३३:२६ बजे
  • 661
    SHARES
  • ओमानमा अब भ्रमण भिसाले काम गर्न नपाइने

    मध्यपूर्वको देश ओमानमा अबदेखि भ्रमण भिसामा गएकाले भिसा परिवर्तन गरेर काम गर्ने भिसा लगाउन नपाइने भएको छ ।

    images

    ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने नियम लागु गरेसँगै भ्रमण भिसामा गएर काम नपाइने भएको हो ।

    यसअघि भ्रमण भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाले काम गर्ने भिसा नपाउने कडा नियम ओमान सरकारले लागु गरेको छ ।

    दूतावासको सूचनामा भनिएको छ, “भ्रमण भिसामा आएर त्यो भिसाको क्याटगरी परिवर्तन गरी काम गर्ने भिसा लिन नपाउने नियम लागु भएको छ । भ्रमण भिसामा ओमान आउने र पठाउने दुवै सचेत हुनुहोस् ।”

    दूतावासले काम पाउने आसमा भ्रमण भिसामा नआउन सबैलाई आग्रह गरेको छ । घुम्ने पर्यटकका लागि भ्रमण भिसा जारी हुने र त्यो प्रयोजनमा आएका विदेशी नागरिकले अब भिसा परिवर्तन गरेर पहिले जस्तो काम गर्न पाउँदैनन् ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology