Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खोलामा किशोरीको शव फेला

खोलामा किशोरीको शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०८० शुक्रवार • ११:४३:४४ बजे
  • 1.2K
    SHARES
  • खोलामा किशोरीको शव फेला

    गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेका अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको हो । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

    मनिषाकी आमाका बिहीबार दिउँसो ११ बजेतिर खेतमा काम गरिरहेकाहरुलाई सुर्ति किनिदिन भन्दै उनी पसलमा गएकी थिइन् । अबेलासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी शुक्रबार बिहान मृत फेला परेकी हुन् । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एसपी नवीन किशोर प्रधानसहितको टोली घटनास्थल प्रस्थान गरेको छ ।

    अनुसन्धान टोली पुगेपछि मात्रै घटनाको विस्तृत विवरण आउने डिएसपी पाण्डेले बताए । मृत फेला परेकी मनिषा चन्द्रकोट ५ धुवाँखर्क निवासी हुन् । उनको परिवार चन्द्रकोट ४ श्रीलंका टोलमा बस्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # किशोरीको शव फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology