Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित

झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०८० शुक्रवार • ११:४६:४५ बजे
  • 1.2K
    SHARES
  • झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित

    रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ ।

    images

    प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

    शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।

    तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दुई जना पाइलटबीच व्यक्तिगत कारणले झगडा भएको देखिएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए । ‘उहाँहरुबीच कम्पनीका कारण झगडा भएको देखिन्न’, उनले भने, ‘कुनै व्यक्तिगत कारण हुन सक्छ ।’

  • सम्बन्धित विषय:

  • # लाइसेन्स निलम्बित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology