Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते

जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०८० शनिवार • ०९:३४:१६ बजे
  • 1.7K
    SHARES
  • जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते

    जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।

    images

    प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।

    भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताए । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ ।

    अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ । रुकुम पश्चिमा प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा ३६ जनाको मृत्यु भइसकेको छ ।

    त्यसमध्ये २७ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत गर्ने क्रम जारी छ । रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् ।

    यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ भने उद्धारको कार्यहरू भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology