Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०८० आइतवार • १०:२९:०१ बजे
  • 727
    SHARES
  • जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

    डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् ।

    images

    आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् ।

    घाइते हुनेमा हिमाली गाउँपालिका- ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ । उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको छ ।

    घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका-४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक्कासी अनियन्त्रित भएर सडकबाट करीब ६० मिटर तल खसेको जिप दुर्घटनाको कारण भने खुलेको छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology