Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सामूहिक हत्याकाण्डमा दुई पक्राउ, हत्यापछि घरमा ताला लगाएर भाग्यौं : आरोपी

सामूहिक हत्याकाण्डमा दुई पक्राउ, हत्यापछि घरमा ताला लगाएर भाग्यौं : आरोपी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०८० शुक्रवार • ११:१८:४२ बजे
  • 1.8K
    SHARES
  • सामूहिक हत्याकाण्डमा दुई पक्राउ, हत्यापछि घरमा ताला लगाएर भाग्यौं : आरोपी

    मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दु गाउँमा एकैपरिवारका चार जनाको हत्या भएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेर मुगुतर्फ लगेको प्रहरी उच्च स्रोतले बतायो ।

    images

    गएको १० कात्तिकमा मन्दु गाउँमा आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा भेटिएका थिए । लगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मुगुसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको थियो । त्यसक्रममा प्रहरीले हालै दुई जनालाई मृतकको घरबाट चोरी गरिएका सामग्रीसहित पक्राउ गरेको स्रोतले जनाएको छ ।

    पक्राउ पर्नेमा गोर्खबहादुर शाही र गोपाल बोहोरा रहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार, मृतकले प्रयोग गर्ने मोबाइलको मोबाइल, सीम कार्ड लगायत पनि बरामद भएको छ । घटनामा ज्यान गुमाउनेमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर थिए । हत्यापछि घरबाट सुनको औंठी, तिलहरी, लालपुर्जा र केही नगद समेत गायब भएको थियो । सीआईबीका एक अधिकृत भन्छन्, ‘हालसम्मको अनुसन्धानले हत्यामा लुटपाट मात्रै कारण भएको देखाएको छ ।’

    पक्राउ परेकाहरुले अभियाग स्वीकार गरेको समेत प्रहरी अधिकृतहरुले बताएका छन् । पक्राउ परेकाहरुलाई शुक्रबार मुगुमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी तयारी छ । मृतक श्रीदेवी छोराछोरीसहित ७ कात्तिकमा दशैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन् । भोलिपल्ट घर फर्केका उनीहरूको सोही राति हत्या भएको आशंका गरिएको थियो ।

    छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । तर, १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरू खोजी गरेका थिए । त्यसक्रममा फेरि श्रीदेवी माइती गइन् कि भनेर माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले ढोका फोडेर हेरेका थिए । त्यसक्रममा चार जना मृत भेटिएपछि प्रहरीलाई खबर छिमेकीले खबर गरेका थिए । अनुसन्धानका क्रममा आरोपीहरुले हत्यापछि ताला लागेर भागेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # आरोपी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology