Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

श्रीमती हत्या आरोपमा एकजना पक्राउ

श्रीमती हत्या आरोपमा एकजना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०८० शुक्रवार • १२:४६:४४ बजे
  • 331
    SHARES
  • श्रीमती हत्या आरोपमा एकजना पक्राउ

    श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् ।

    images

    उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

    उनले भने ‘मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक लागेको देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिएपछि माइती पक्षले उनका श्रीमान् शेरबहादुरको नाममा किटानी जाहेरी दिएका छन् ।’ नायब उपरीक्षक पाठकका अनुसार श्रीमान्ले मदिरा सेवन गरेको पाइएको छ ।

    उनले भने, ‘अहिले हामी अनुसन्धानकै क्रममा छौँ । शव परीक्षणको प्रतिवेदन आएपछि थप अनुसन्धान गर्न सहज हुनेछ ।’ हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरीको जागिरबाट अवकाश भएका हुन् ।

  • सम्बन्धित विषय:

  • # श्रीमती हत्या आरोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology