Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारत र अष्ट्रेलियाको फाइनल यात्रा

भारत र अष्ट्रेलियाको फाइनल यात्रा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०८० आइतवार • १०:४२:३२ बजे
  • 3.2K
    SHARES
  • भारत र अष्ट्रेलियाको फाइनल यात्रा

     आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।

    images

    फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

    भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको हो ।

    यस्तै अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको थियो ।

    फाइनल पुग्ने क्रममा अपराजित भारतले १० मध्ये १० वटै खेल जितेको थियो । यस्तै लिग चरणमा सुरुवाती दुई खेलमा पराजित अष्ट्रेलियाले त्यसपछि लगातार ७ खेल जितेर सेमिफाइनलमा पुगेको थियो ।

    लिगमा तेस्रो भएको अष्ट्रेलियाले दोस्रो भएको दक्षिण अफ्रिकालाई पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो ।

    विश्वकप क्रिकेटको सर्वाधिक सफल अष्ट्रेलियाले कीर्तिमानी पाँच पटक उपाधि जितेको छ भने भारतले दुई पटक उपाधि जितेको छ ।

    यसअघि सन् २००३ मा यी दुई टोली फाइनलमा भिड्दा अष्ट्रेलियाले जित हात पारेको थियो । त्यसबेला अष्ट्रेलिया अपराजित रहँदै फाइनल पुगेको थियो ।

    यस पटक त्यसको ठीक विपरीत भारत अपराजित रहँदै फाइनल पुगेको छ । भारतलाई घरेलु मैदानमा त्यस हारको बदला लिने मौका समेत छ ।

    तर अष्ट्रेलियाको लागि पनि फाइनलमा भारतविरुद्ध लिग चरणमा बेहोरेको हारको बदला लिने अवसर छ । भारतले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै सबै खेल जितेको थियो । तर अष्ट्रेलियाले खराब सुरुवात गरेपनि त्यसपछिका खेलमा आफ्नो वास्तविक खेल प्रदर्शन गर्दै फाइनलसम्म पुगेको छ । त्यसैले फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान छ ।

    अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो भने भारतले १९८३ र २०११ मा उपाधि जितेको थियो ।

    यसअघि ७ पटक फाइनल खेलिसकेको अष्ट्रेलिया १९७५ मा वेष्ट इन्डिज र १९९६ मा श्रीलंकासँग भने फाइनलमा पराजित भएको थियो । भारत भने फाइनलमा २००३ मा अष्ट्रेलियासँगै पराजित भएको थियो ।

    भारत र अष्ट्रेलियाबीच अहिलेसम्म कुल १५० वटा एकदिवसीय खेल भएको छ । जसमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ भने भारतले  ५७ वटा जितेको छ । बाँकी १० खेलमा नतिजा आएको थिएन ।

    यस्तै भारत र अष्ट्रेलियाबीच विश्वकपमा १३ खेल भएकोमा अष्ट्रेलियाले ८ खेल जित्दा भारतले ५ खेल मात्र जितेको छ ।

    भारतको फाइनल यात्रा

    अष्ट्रलियाविरुद्ध ६ विकेटले विजयी

    अफगानिस्तानविरुद्ध ८ विकेटले विजयी

    पाकिस्तानविरुद्ध ७ विकेटले विजयी

    बंगलादेशविरुद्ध ७ विकेटले विजयी

    न्युजिल्याण्डविरुद्ध ४ विकेटले विजयी

    इंग्ल्याण्डविरुद्ध १०० रनले विजयी

    श्रीलंकाविरुद्ध ३०२ रनले विजयी

    दक्षिण अफ्रिकाविरुद्ध २४३ रनले विजयी

    नेदरल्याण्ड्सविरुद्ध १६० रनले विजयी

    सेमिफाइनल : न्युजिल्याण्डविरुद्ध ७० रनले विजयी

    अष्ट्रेलियाको फाइनल यात्रा

    भारतविरुद्ध ६ विकेटले पराजित

    दक्षिण अफ्रिकाविरुद्ध १३४ रनले पराजित

    श्रीलंकाविरुद्ध ५ विकेटले विजयी

    पाकिस्तानविरुद्ध ६२ रनले विजयी

    नेदरल्याण्ड्सविरुद्ध ३०९ रनले विजयी

    न्युजिल्याण्डविरुद्ध ५ रनले विजयी

    इंग्ल्याण्डविरुद्ध ३३ रनले विजयी

    अफगानिस्तानविरुद्ध तीन विकेटले विजयी

    बंगलादेशविरुद्ध ८ विकेटले विजयी

    सेमिफाइनल : दक्षिण अफ्रिकाविरुद्ध तीन विकेटले विजयी

  • सम्बन्धित विषय:

  • # फाइनल यात्रा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology