Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ट्रकको ठक्करबाट महिलाको मृत्यु

ट्रकको ठक्करबाट महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०८० सोमवार • १०:२४:४५ बजे
  • 580
    SHARES
  • ट्रकको ठक्करबाट महिलाको मृत्यु

    मकवानपुरको हेटौँडामा आइतबार ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

    images

    हेटौँडा– ६ चौघडामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको हो भने घटना पछि सडक अवरुद्ध पारिएको छ । ट्रकको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडाकी ३६ वर्षीय निरा बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार बजागाईंलाई कान्ति लोक पथअन्तर्गत हेटौँडा ६ स्थित शान्ति टोलमा हेटौँडा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.७ ख १८१६ ट्रकले ठक्कर दिएको थियो ।

    बजगाईँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बजगाईँको मृत्युपछि आक्रोशित बनेका स्थानीयले कान्ति लोक पथ सडक अवरुद्ध पारेका छन् । उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । 

    सडक खुलाउन घटनास्थलमा करिब एक सय जना सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ । ट्रक तथा चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जाएको छ ।

  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology