Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा दैनिक ६ देखि ७ महिला बलात्कृत

नेपालमा दैनिक ६ देखि ७ महिला बलात्कृत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७७ शुक्रवार • ०९:०३:४२ बजे
  • 1.7K
    SHARES
  • नेपालमा दैनिक ६ देखि ७ महिला बलात्कृत

    नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ ।

    images

    नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको देखाएको हो । यो तथ्यांक प्रहरीमा उजुरी आएपछिको हो ।

    तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा २ हजार ५ सय ७० वटा बलात्कार तथा जबर्जस्ती करणीका घटना भएका छन् भने गत आर्थिक वर्ष २०७६/७७ मा देशभर २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भएको छ ।

    यी दुवै आर्थिक वर्षको तथ्यांकले नेपालमा सरदरमा दैनिक ६ देखि ७ जनामाथि बलात्कार तथा जबर्जस्ती करणीका घटना भइरहेकोे देखाएको हो ।

    तर, गृहमन्त्री रामबहादुर थापाले भने बलात्कारका घटना बढे पनि विश्वको स्थित हेर्दा नेपालको तथ्यांक चिन्ताजनक नभएको अभिव्यक्ति दिएका छन् । राजधानी दैनिकबाट

  • सम्बन्धित विषय:

  • # समाज
  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology