Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०८० शनिवार • १६:४९:४१ बजे
  • 991
    SHARES
  • उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

    उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३७ जना घाइतेका छन् ।

    images

    पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको गाइघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।

    उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका ५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो ।

    त्रियुगा नगरपालिका ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # तीन जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology