Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

२० दिनदेखि बेपत्ता बरंजाकी पुष्पा सापकोटाको शव फेला

२० दिनदेखि बेपत्ता बरंजाकी पुष्पा सापकोटाको शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०८० आइतवार • १३:३९:२७ बजे
  • 3.8K
    SHARES
  • २० दिनदेखि बेपत्ता बरंजाकी पुष्पा सापकोटाको शव फेला

    म्याग्दीको मंगला गाउँपालिका–३, बरंजाकी ३० बर्षिया पुष्पा सापकोटाको शव फेला परेको छ । विगत २० दिन अगाडी पुष्पा बेपत्ता भएकी थिइन । 

    images

    बेनी नगरपालिका–८,क्याम्पसचोकबाट गएको कात्तिक २१ गते विहान देखी सम्पर्कविहिन भएकी सापकोटाको आइतबार विहान करिब ९ बजे छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका वडा नं ३ ठुलो सल्लेरीको भिरमुनी सामुदायिक बनमा शव फेला परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार जंगलमा बेवारिसे अवस्थामा शब देखिएपछि पुगेको प्रहरीको टोलीले मृतक सापकोटा भएको पहिचान गरेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । ‘शब पोष्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ, ‘घटनाको अनुसन्धान पर्वत प्रहरीबाट भइरहेको छ’ प्रनाउ कुँवरले भने ।

    अस्पतालचोकस्थित नेशलन पाण्डे मेडिकलमा कार्यरत सापकोटा गएको कात्तिक २१ गते विहान पौने ११ बजे मेडिकलबाट निस्किएपछि परिवारको सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।


    मेडिकलमा काम गर्दागदैं निस्किएकी पुष्पाको मोवाइल लोकेशनको अनुसन्धान गर्दा क्याम्पसचोकको टावर रेन्जभित्र रहेको देखिएको थियो । घटना र घटनास्थल हेर्दा अहिले नै भन्न सक्ने अवस्था नरहेकाले थप अनुसन्धान आवश्यक रहेको बताइएको छ । 

    घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोलि खटिएर अनुसन्धान गर्ने र पोष्टमार्टम गरेपछि शब परिवारको जिम्मा लगाइने छ ।

  • सम्बन्धित विषय:

  • # सापकोटाको शव फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology