Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु

श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०८० सोमवार • ०४:५५:४६ बजे
  • 3.0K
    SHARES
  • श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु

    दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको हो । श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको उनको भनाई छ ।

    लम्सालले भने, ‘भड्डुमा ढिँडो पकाएको रहेछ । भीमले पहिला हात छाडेका रहेछन्, त्यसपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन् । टाउकोमा चोट लागेर धेरै रगत बगेपछि भीमको मृत्यु भयो।’ सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology