Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तनहुँमा बस पल्टिँदा २ जनाको मृत्यु,३४ जना घाइते

तनहुँमा बस पल्टिँदा २ जनाको मृत्यु,३४ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०८० बुधवार • ०४:५१:०१ बजे
  • 3.2K
    SHARES
  • तनहुँमा बस पल्टिँदा २ जनाको मृत्यु,३४ जना घाइते

    तनहुँमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ । चालक सहित अन्य ३४ जना घाइते छन् ।

    images

    बिहान ब्यास नगरपालिका १२ घाँसीकुवामा पोखरा आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा ३६ जना घाइते थिए । दुईजनाको चाहिँ दमौलीमा उपचारको क्रममा निधन भएको हो ।

    मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका ९ का ४५ वर्षीय हस्त राईको रत्नहरी अस्पताल र टोप बहादुर मगरको दमौली अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये ५ जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ ।

    ८ जनालाई थप उपचारका लागि मनपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ । अन्यको पनि विभिन्न अस्पतालमा उपचार भैरहेको छ भने १ जना डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ३४ जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology