Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द

बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १६, २०७७ शुक्रवार • ०९:५७:३१ बजे
  • 2.6K
    SHARES
  • बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द
    तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ ।

    उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो ।

    उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रबाट उपलब्ध हुने प्रशासनिक र आइसोलेसन बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए ।

    उनका अनुसार ती स्वास्थ्यकर्मीको कन्ट्याक्टमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।

    “अस्पतालका अधिकांश स्वास्थ्यकर्मी उहाँको सम्पर्कमा आउनुभएको छ, सबैको शुक्रबार स्वाब सङ्कलन गर्दैछौँ,” डा श्रेष्ठले भने, “पिसिआर रिपोर्ट आएपछि मात्रै सेवा खुल्छ ।”

    आइसोलेसनलाई छुट्टै भवन सो केन्द्रमा आइसोलेसन कक्षका लागि छुट्टै भवन निर्माण हुने भएको छ । हाल अस्पतालमा ५० शय्या क्षमताको आइसोलेसन छ ।

    कोरोना महामारी फैलिएपछि अस्पतालको दोस्रो र तेस्रो तलामा रहेका विभिन्न विभाग हटाएर आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।

    अस्पतालको नियमित सेवा सञ्चालन गर्नलाई छुट्टै भवन निर्माण गरेर आइसोलेसन सञ्चालन गरिने अस्पतालका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।

    आठ कोठाको नयाँ भवन निर्माणका लागि टेन्डर आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको जानकारी दिए ।

    सङ्घीय सरकारले ५० शय्या क्षमताको आइसोलेसन भवन बनाउन रु एक करोड बजेट पठाएकामा अपुग हुने भएपछि ३० शय्याको आइसोलेसन बनाइने श्रेष्ठले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology