Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु

मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०८० आइतवार • ०४:५२:२६ बजे
  • 577
    SHARES
  • मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु

    सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन ।

    images

    सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियार थारुका अनुसार शनिबार साँझ करिब ७ बजेको समयमा पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ पुरानो चौकी नजिक प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

    प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलबाट लडेका व्यक्तिलाई मलंगवाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल चालक भागेकाले मृतकको पहिचान हुन नसकेको डिएसपी पञ्जियारले बताए ।

    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान गरिरहेको डिएसपी थारुले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology