Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बरंजाबाट बेनीतर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना, चालक सहित ६ जना घाईते

बरंजाबाट बेनीतर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना, चालक सहित ६ जना घाईते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०८० सोमवार • १०:३०:१३ बजे
  • 2.4K
    SHARES
  • बरंजाबाट बेनीतर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना, चालक सहित ६ जना घाईते

     म्याग्दीको मंगला गाउँपालिका बरंजाबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ८०४२ नम्वरको बोलेरो जीप दुर्घटना हुदा चालक सहित ६ जना घाईते भएका छन ।

    images

     बरंजाबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ८०४२ नम्वरको बोलेरो जीप सोमबार चुत्रेनी र डम्बराको सिमानामा पर्ने सडकखण्डमा दुर्घटना भएको हो  । जीपमा सवार यात्रुलाई उपचारका लागि बेनी अस्पतालमा लगिएको चुत्रेनीका स्थानीय यूवा प्रकाश बानियाँले बताए । 

    दुर्घटनामा घाइते भएका मंगला-३ बस्ने २४ बर्षका इन्द्र तुलाचन, ४६ बर्षिय शेरबहादुर दमाई, ४६ बर्षिय कर्णबहादुर रोका, मंगला-४ का ६० बर्षिया मनकुमारी रोका, बेनपा–७ बस्ने ५२ बर्षिय प्रकाश बानियाँ र चालक कर्णबहादुर रोका रहेका छन्। घाईतेको टाउको, खुट्टा र शरीरमा विभिन्न चोट लागेको छ । हाल घाईतेको अवस्थामा सामान्य रहेको बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले बताए । उनका अनुसार एक्सरे सहितको थप रिर्पोट आएपछि आवश्यक परेमा थप उपचारका लागि रिफर गरिने समेत बताए । 

    बेनी–दरबाङ सडकखण्डमा गुडिरहेको गाडी एक्कासी तल खेतमा पुगेको थियो । दुर्घटनाको थप अनुसन्धान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # चालक सहित ६ जना घाईते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology