Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालीहरुलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ

नेपालीहरुलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०८० मंगलवार • १५:२६:३५ बजे
  • 1.6K
    SHARES
  • नेपालीहरुलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा  काठमाडौँबाट १२ जना पक्राउ

    ‘भिजिट भिसा’मा नेपालीहरुलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि बहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल छन् ।

    images

    काठमाडौँको लैनचौर, ठमेल र महाराजगन्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

    उनीहरुले भिजिट भिसामा नेपालीहरुलाई भारतको बाटो हुँदै रुसमा पठाएको र त्यहाँको सेनामा भर्ती हुन सघाएको आरोप छ । रुसी सेनामा कार्यरत रहँदा हालै ६ जना नेपाली नागरिकहरुको निधन भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

    मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराम मोक्तान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारले रुसी सेनामा भर्ना नगर्न मस्कोसँग माग गरेको छ ।

    रुसको सेनामा भर्ना गर्ने नेपाल सरकारको नीति नभएपनि बिचौलियाहरुले अवैध बाटो हुँदै त्यहाँ लगेर भर्ना गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology