कृतिका शर्मा / नेपालमा धेरै पर्व मनाइन्छ । ती पर्वहरु मध्य हिन्दु धर्मावलम्वीहरुले मनाउने एक प्रमुख पर्व तिहार हो । तिहारलाई पाँच दिनसम्म मनाइने भएकोले यस पर्वलाई पाँच दिने पर्व भनिन्छ। तिहार यात्रा, आराधाना र मनोरञ्जनसहित विभिन्न क्रियाकलापहरुमा सपर्पित छ । तिहारको पहिलो दिनमा काग, दोस्रो दिनमा कुकुर, तेस्रो दिन लक्ष्मी पुजा र गाई पूजा र चौथो दिनमा गोबरधन पूजा र पाँचौ दिनमा भाइटिका मनाँइन्छ । तिहारलाई बत्तिको चाड पनि भनेर चिनिन्छ । तिहारले नेपाली समाजमा महत्वपूणर् भूमिका खेलेको छ । तिहारले नेपाली मानिसहरु बिच समृद्धि, शान्ति र आत्माविश्वासलाई प्रोत्साहित गर्ने काम गरेको छ ।
तिहार हिन्दू धर्ममा आधारित पर्व हो । यसले विभिन्न पशुहरु र देवताहरुको पूजा गर्दछ र प्रकृति साथै मानवतासगँ आदर र एकताको सन्देश पनि पुर्याउँछ । तिहारले परिवारहरुलाई एक आरुसगँ मिलन र आफ्नो समृद्धि, सुख र शान्तिका लागि धन्यबाद गर्ने अवसर पनि प्रदान गरेको छ । तिहारले सांस्कृतिक अन्तर - सम्वन्धहरु बढाउछ र एकता र अपन्त्व र सान्त्वनाले भरिपूणर् बनाउछँ । यसले नेपाली जनताहरुलाई प्राकृतिक सौन्दर्य र आत्मीयतामा आदर्श प्रदान गरेको छ ा तिहारको समयमा घरपरिवाका मानिसहरु सबै एक आपसमा जम्मा भई दुःख बिर्सी, सुखिमा रमाउँछन् । तिहारले परिवार बिच अपनत्वको भावना, एकता ल्याउँछ । तिहारले नेपाली समाजमा धेरै प्रकारका सकारात्मक परिणामहरु ल्याएको छ । यो पर्वले परिवारहरुलाई एकजुट बनाउँदछ र अपन्वत्वको भावना जगाउँछ । तिहारले मानवसम्बन्धहरुमा मिठास र समृद्धि ल्याउँछ र सम्बन्धलाई दरो बनाउन ठुलो भूमिका खेल्दछ । यो पर्वले समृद्धि र श्रद्धा व्यक्त गर्दछ, जसले समाजले पालना/ अनुसरण गरेका आर्दशहरु बढाउँछ । तिहारले समाजमा नेपाली साहित्य , कला र संस्कृति जोगाएको छ र प्रोत्साहित गरेको छ , जसले देश विकासमा सकारात्मक प्रभाव पारेको छ । यसले नेपाल िसमाजलाई सांस्कृतिक रुपमा समृद्धि प्रदान गरेको छ ।
विभिन्न समुदायहरु सामाजिक मिलेर तिहार मनाउँछन् ,जसले समाजमा एकता र आदर्शहरुको वृद्धि गरेको छ । तिहार नेपाली जनताहरु बीच सामाजिक , सांस्कृतिक र पारिवारिक र मानवसम्बन्धहरुमा सकारात्मक परिणाम गर्दै , यसले सुख, खुसी र समृद्धिको वातावरण जोगाउने भएकोले तिहारले नेपाली समाजमा सकारात्मक प्रभाव पारेको कुरा स्पष्ट हुन्छ ।
तिहार नेपाली चाडपर्व भए पनि पहिले र अहिलेको तिहारमा धेरै कुरा परिवर्तन आएको छ । अहिलेको २१ औ शताब्दी विज्ञान आधुनिकीकरणको परिवेश भएकोले तिहार मनाउने तरिकामा पनि भेरै परिर्वतन आएको देखिन्छ । उदाहरणका निम्ति पहिलको समयमा मानिसहरुले आफ्नै लोकगितमा समाज , गाउँमा गएर आफ्नै नृत्यमा भैली प्रस्तुत गर्थे भने अहिलेको समयमा भैलीमा समेत आधुनिकीकरण भित्रिएको छ । अहिलेको समयमा भैैलीको नाममा मानिसहरुले आधुनिक गितमा नाच्ने , आफ्ने लोक गित र लोक नृत्य बिर्सी आधुनिक परिवेश तिर धेरै भित्रिएको कुरा देखिएको छ । अहिलेको तिहार मनाउने तरिकामा आस्थिक भावना भन्दा बढी देखासिखीको लागि तिहार मनाउन थालेका छन् ।अहिले मानिसहरुले तिहारको नाममा बढि देखासिखी गर्ने परिवेश पनि देखिएको छ ।
अहिले नेपाली जनताहरुले भारती परिवेशबाट देखासिकी गरेर पटाका र रङ्गोलीको चालचलन सिकेका छन् । पटाका पट्काउने भएकोले हाम्रो वातावरणमा नकारात्मक असर परेको छ । पटाका पट्काउने कु - चलन अहिलको युवा युवतिहमा बढी देखिन्छ । उनीहरुले पटाका पट्काएर वातावरणको प्रदुषणको साथै विभिन्न जनावरहरुलाई पनि असर गरेको छ । जनावरहरुलाई मात्र नभएर पटाकाले मानवजातिमा समेत धेरै असर पुर्याएको छ । पटाकाका कारण विभिन्न जनावर जस्तै : काग , कुकुर र चराहरुलाई असर पु याएको छ । साथै यसको कारण बालबालिका र बुढा मानिसहरुलाई समेत ठूलो असर पारेको छ । नेपालीहरुले पहिलो दिन काग पूजा गर्ने चलन छ । तर अहिले वातावरण प्रदुषण भएकोले कागहरु भेटिन् गाह्रो भएको छ । रङ्गोली गराउने चलनको कारण मानिसहले विषालु रङको प्रयोग गरी विभिन्न छाला सम्वन्धी रोगहरु लागेको छ ।
पहिले मानिसको घरमा दुधका लागि र अन्य फाइदाका लागि गाई पाल्ने गर्थे तर अहिलेको २१ औ शताव्दीमा आधुनिकीकरणले गर्दा मानिसहरुले गाई पाल्न छोडिसके । अहिलेको अनुसन्धान अनुसार तिहारमा भाइ पूजाको दिन मानिसहरु गाईको खोजीमा जताततै धाउने गर्छन् । त्यस्तै नै गोरु पनि अहिले पाउन् गाह्रो भई सकेकाले मानिसहरुले गोरु पूजा गर्न नै छोडी सके ।अहिलेको समयमा थोरै थोरै गर्दै हाम्रो लोक संस्कृति , रितिरिवाज हराउदैँ गई सकेको छ । मानिसहरु बताउछन् आधुनिकीकरणले गर्दा नेपालीहरुको रितिरिवाज सबै हराउदैँ गई सकेको छ ।
तिहारलाई बत्तिको पर्व भनेर चिनिन्छ , त्यसैले पहिलेको समयमा मानिसहरुले दियोले बत्ति बालेर घर, गाउँलाई उज्यालो पार्थे तर अहिले देखासिकीले गर्दा मानिसहरुले आफ्नो संस्कृतिलाई बिर्सी दियोको बत्ति नबालेर बिजुलीबाट बल्ने तारको झिलिमिली प्रयोग गर्छन् ।
तारको झिलिमिलीले हाम्रो लोक संस्कृति मात्र नहटाएर यसको कारणले गर्दा मानिसहरुको ज्यान समेत गएको छ । मानिसहरु बताउँछन् झिलिमिली जोड्ने बेलामा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् ।
यसैगरि परापूर्वक कालमा दिदी बहिनीहरुले भाइ टिकाको बेला आफ्नै हातले राटी गराएर आफ्नो दाजु भाइलाई खुवाउने प्रचलन थियो भने अहिलेको समयमा भने यस्तो प्रचलन हटिसकेको छ । अहिलेको समयमा दिदि बहिनीहरुले रोटी किन्ने र अनावश्यक फजुल खर्च गर्ने जस्तो कुरा प्रचलनमा आएको छ । अहिलेको समयमा चाडपर्वको नाम फजुल खर्च गने जस्ता कु-प्रथाहरु आएको छ ।
तसर्थ हामीले हाम्रो मौलिक चाडपर्व जोगाउनु पर्छ । हाम्रो संस्कृति, रीतिरिवाजलाई बिर्सीनु हुदैन् । हाम्रो चाडपर्व, लोक संस्कृति र रीतिरिवाज, चालचलन भनेको नै हाम्रो चिनारी हो । त्यसैले प्राविधिक र सांस्कृतिक दुबै बिच भिन्नता बुझेर हामीले आफ्नो कला र संस्कृतिलाई अगाडि बढाउनु र जोगाउनु आवश्यक छ ।