Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यूएईबाट आएको जहाजको शौचालयमा नवजात शिशु फेला

यूएईबाट आएको जहाजको शौचालयमा नवजात शिशु फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०८० बुधवार • ११:४६:३६ बजे
  • 1.7K
    SHARES
  • यूएईबाट आएको जहाजको शौचालयमा नवजात शिशु फेला

    संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला परेको छ ।

    images

    बुधवार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जानकारी दिए ।

    नवजात शिशु बालिका भएको र के कारणले यस्तो भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ । घटनाको प्रकृति हेर्दा ‘मिसक्यारेज’ भएको जस्तो देखिएको र सोही विमानमा आएकी एक महिला अस्वस्थ छिन् ।

    उनलाई अस्पताल पठाइएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # नवजात शिशु फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology