Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०८० शुक्रवार • ०५:२१:३२ बजे
  • 730
    SHARES
  • टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

    पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

    images

    रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीका प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन् । घाइतेहरुको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार चालकसहित चार जना सवार रहेको टिपर सडकबाट करिब १५० मिटर तल खसेको छ । टिपरका चालक भने सकुशल रहेको हुँदा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology