Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०८० बिहिवार • ०५:१२:५३ बजे
  • 412
    SHARES
  • चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

    चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् ।

    images

    उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ । स्थानीय शान्ति मुसहरले भनिन्, “जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न । जाडो छल्न घामको पार ताप्नु परेको छ । ”

    ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल । “घरमा ओड्ने ओछ्याउने छैन्, पराल ओछ्याएर सुतेका छौँ, श्रीमान्ले काम पाउनुभएको छैन”, उनले भनिन्, “यो चिसोमा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ ।” झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने शान्ति जस्तै यहाँ धेरै छन् । स्थानीय जितनी माझी उमेरले ६५ वर्ष पुगिन् ।

    अहिले काम नभएपछि अन्न र लत्ताकपडा किन्ने पैसा नभएको उनले बताइन्। “पेटभरि खान नपाएको छैन, जाडोमा केटाकेटीले छिनछिनमै खान खोज्छन्, तर खानदिने अन्न छैन”, उनले भनिन्, “मजदुरी गर्न काम पाइएको छैन , कति दिन भई सक्यो एक छाक खान्छौ । ”

    देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने जानकारी दिए । उनले भने, “ केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गर्छौ ।

    ती समुदायको आर्थिक स्तर माथि उठान नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्ने छ । ”

  • सम्बन्धित विषय:

  • # जनजीवन कष्टकर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology