Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०८० शुक्रवार • ०७:२१:०९ बजे
  • 385
    SHARES
  • सवारी दुर्घटनामा ४ जनाको मृत्यु

    पर्सा, सिरहा, चितवन र बाजुरामा भएको सवारी दर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

    images

    नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार- पर्सा- छिपहरमाई गाउँपालिका-३ झलमैयास्थित सडकमा ना.७ ख ९४९४ नम्बरको बसबाट लडेर सोही बसको टायरमा च्यापिएर बसमा सवार छिपहरमाई गाउँपालिका-३ झलमैया बस्ने २२ वर्षीय अर्जुन यादवको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    सिरहा- नवराजपुर गाउँपालिका-४ स्थित सडकमा बीआर ३२ एएन ०५९२ नम्बरको स्कुटर र स.९ प १७३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा स.९ प १७३० नम्बरको मोटरसाइकलमा सवार नवराजपुर गाउँपालिका-२ मझौरा बस्ने ७३ वर्षीय बिल्टु यादवको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि घोपा धरानतर्फ पठाइएको छ भने स्कुटर चालकको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ ।

    चितवन- भरतपुर महानगरपालिका-१२ मिलन चोकमा भरतपुरबाट टांडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ज ४५८ नम्बरको ईलेक्ट्रिक भ्यानको ठक्करबाट पैदलयात्री कास्की पोखरा महानगपालिका-१ सिमपानी घर भई चितवन भरतपुर महानगरपालिका-११ घोल बजार बस्ने ६१ वर्षीय गणेश थापा मगरको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार भ्यान चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    बाजुरा- गौमुल गाउँपालिका-६ नर्सरीस्थित सडकमा घटमुना बजारदेखि मालिवनतर्फ जाँदै गरेको से.१ ज ९८९ नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक खप्तडछेडेदह गाउँपालिका-६ बस्ने ४० वर्षीय देबेन्द्र नाथको घट्नास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको घटमुना आधारभूत स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # ४ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology