Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बंगालदेशबाट नेपालसम्म बस चलाउने तयारी

बंगालदेशबाट नेपालसम्म बस चलाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०८० आइतवार • १२:१८:०८ बजे
  • 571
    SHARES
  • बंगालदेशबाट नेपालसम्म बस चलाउने तयारी

    बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी)ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सस्तो हुने भएकाले धेरै मानिसहरू बसमा यात्रा गर्न इच्छुक देखिएकाले यस्तो योजना बनाइएको हो ।

    images

    बीआरटी अधिकारीहरूका अनुसार चार नयाँ रुटहरूमा चट्टोग्राम–कोलकाता, ढाका–गान्टोक (सिक्किम), बारिसाल–कोलकाता र ढाका–नेपाल रहेका छन् । डेली सनका अनुसार बीआरटीसीले सन् २०१८ मा नै ढाका–नेपाल रुटबारे सर्वेक्षण गरेको थियो । दुईवटा बसमा ८० जना प्रतिनिधि बोकेर परीक्षण यात्रा गरिएको थियो । तर, यसको सुरुवात भने हुन सकेको थिएन ।

    त्यस्तै, चट्टोग्राम–कोलकाता रुट व्यावसायिक रूपमा सफल हुने सर्वेक्षणमा पाइएको छ । यसका लागि बीआरटीसीले रोर्ड ट्रान्सपोर्ट र ब्रिजेज मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ । त्यहाँबाट उक्त प्रस्ताव अन्तिम निर्णयका लागि विदेश मन्त्रालय पुगिसकेको छ । ढाका–गान्टोक–दार्जिलिङ रुटका लागि पनि सन् २०१९ मा नै सर्वेक्षण र परीक्षण यात्रा सम्पन्न भइसकेको छ ।

    यसका लागि दुवै देशको सहमतिको पर्खाइ रहेको छ । बारिसाल–कोलकाता रुटमा भने खासै प्रगति हुन सकेको छैन । ‘ढाका–नेपाल बस रुटमा कुरा धेरै अघि बढेको छ । तर, यसका लागि केही समय लाग्नसक्छ । किनभने यहाँ तीनवटा देश संलग्न हुन्छन्,’ बीआरटीसीका अध्यक्ष एमडी ताजुल इस्लामले डेली सनसँग भने, ‘यहाँ भूराजनीतिक स्वार्थ पनि जोडिएको छ ।’

    बंगलादेशले सन् १९९९ मा पहिलोपटक ढाका–कोलकाताको अन्तर्राष्ट्रिय बस सेवा सुरु गरेको थियो । हाल ढाका–कोलाकातासहित अगरताला–ढाका, ढाका–सिलोङ–गुवाहाटी र ढाका–खुल्ना–कोलाकता गरी चारवटा अन्तर्राष्ट्रिय रुटहरू रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology