Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युवतीलाई नाङ्गो बनाएर एक्सरे गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

युवतीलाई नाङ्गो बनाएर एक्सरे गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७७ सोमवार • १८:४३:२९ बजे
  • 2.4K
    SHARES
  • युवतीलाई नाङ्गो बनाएर एक्सरे गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

    दाङको एक निजी अस्पतालमा छातीको एक्सरे गर्न पुगेकी १९ वर्षकी युवतीलाई पुरै कपडा खोल्न लगाएको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

    images

    घोराही स्थित गोरखा हस्पिटलमा रेडियो ग्राफिक्स पदमा कार्यरत बबई गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय नवराज डाँगीलाई पीडित महिलाको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए । ‘छातीको एक्सरे गर्नु पर्नेमा कम्मर मुनिको समेत सबै कपडा खोल्न लगाई नाङ्गै बनाएर एक्सरे गरेको भन्ने जाहेरीका आधारमा डाँगीलाई पक्राउ गरेका हौं’, उनले भने, ‘घटनाको बारेमा अनुसन्धान भैरहेको छ ।'

    आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न अस्पताल पुगेको समयमा डाँगीले ती युवतीलाई संवेदनशील अंग पनि छोप्न नदिई पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेको हो । उक्त घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालयले डाँगीलाई जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology