Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मेरो काम शौचालयको रातो डस्टबिनमा सुन छाड्ने हो:चन्द्र घले

मेरो काम शौचालयको रातो डस्टबिनमा सुन छाड्ने हो:चन्द्र घले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०८० शनिवार • ०५:४८:१३ बजे
  • 751
    SHARES
  • मेरो काम शौचालयको रातो डस्टबिनमा सुन छाड्ने हो:चन्द्र घले

    अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट मङ्सिर २१ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् । उनले अहिलेसम्म तीनपटक दुबईबाट सुन ल्याएको बयान दिएका छन् ।

    images

    अनुसन्धान अधिकृतहरूसँग बयानमा उनले भनेका छन्–‘मेरो काम दुबईबाट सुन ल्याएर नेपालको विमानस्थलको आगमन क्षेत्रको अध्यागमन कार्यालयको शौचालयमा रहेको रातो डस्टविनमा छोड्ने हो ।’ दुबईमा गुरु भन्ने भारतीय मूलका नागरिकले दिएको सुन आफूले ल्याउने गरेको घलेले बताएका छन् । दुबईमा सुन लिँदा हुन्डीको शैलीमा ५ दिरामको टोकन देखाएर सुन लिनुपर्ने घलेले बयानमा खुलाएका छन् ।

    मैले हालसम्म गरेर तिन पटक यसरी दुबईबाट अवैध रूपमा सुन ल्याएको छु । पहिलोपटक दुई पोका, दोस्रो पटक ४ पोका र अहिले ७ पोका लिएर आएको हुँ । दुबईमा मलाई गुरु भन्ने इन्डियन मूलको व्यक्तिले सुन तयार भएपछि फोन गरेर लोकेसन दिएर बोलाउने गर्छन् । उक्त लोकेसनमा पुगेपछि मलाई केही व्यक्ति लिन आएछ र मसित भएको दुबईको ५ दिराम टोकन दिएपछि उनीहरू उक्त टोकन भिडाएर मलाई सुन, सुन राखेको ज्याकेट र मेरो नाममा जारी भएको सुनको बिल दिएर पठाउँछन् ।

    उक्त सुन बोकेर म आफू बस्ने होटेल (पहिला अल वयदा होटल र यसपटक इमिरेट होटेल) आउँछु । आफ्नो फ्लाइटको दिन उक्त सुनको दुबईमा भन्सार तिरेर भन्सार तिरेको कागज जाँच चढ्नु अघि च्यातेर सुन ज्याकेटभित्र राखी नेपाल ल्याउने गर्दछु । म दुबईमा आफूले लगाएको ज्याकेटभित्र सुन राखेर बोर्डिङ पास जारी गर्ने क्षेत्रसम्म जान्छु र बोर्डिङ पास जारी भएपश्चात् अध्यागमन क्षेत्रमा रहेको ‘सुन घोषणा डेस्क’ मा गएर उक्त परिमाणको सुनको मेरो नाममा जारी भएको विल देखाई घोषणा गरी झोलामा राखेर सेक्युरिटी चेकजाँच गरेर यात्र प्रतिगा क्षेत्रमा गएर पुन: शौचालयमा गएर आफूले लगाएको ज्याकेटभित्र राखी ल्याउने गर्दछु ।

    मेरो काम दुबईबाट सुन ल्याएर नेपालको विमानस्थलको आगमन क्षेत्रको अध्यागमन कार्यालयको शौचालयमा रहेको रातो डस्टबिनमा छोड्ने हो । उक्त सुन त्यहाँ छोड्ने काम मीनबहादुर घलेले भने अनुसार गरेको हुँ । मलाई युएईको भिसा र टिकट मीनबहादुर घलेले उपलब्ध गराएका हुन् ।

    उक्त कार्यमा लाग्ने सम्पूर्ण रकम मलाई मीनबहादुर घलेले उपलब्ध गराउने गर्दछन् । १४ किलो सुन मलाई दुबईमा भारतीय मूलका व्यक्तिले गोलक्वेस्ट मार्केटको गेट नम्बर–२ मा फोन गरेर बोलाएपछि ५ दिरामको टोकन देखाएपछि दिएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology