Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुर्घटनामा दुई युवतीको ज्यान गएपछि चालकलाई कारबाही गर्न पोखरामा आफन्तको प्रदर्शन

दुर्घटनामा दुई युवतीको ज्यान गएपछि चालकलाई कारबाही गर्न पोखरामा आफन्तको प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०८० शनिवार • ०५:५७:१६ बजे
  • 568
    SHARES
  • दुर्घटनामा दुई युवतीको ज्यान गएपछि चालकलाई कारबाही गर्न पोखरामा आफन्तको प्रदर्शन

    गत मङ्सिर २४ गते कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको ज्यान गयो ।

    images

    तालचोक नजिकै भएको दुर्घटनामा हेमजाकी २३ वर्षीया अनिशा खड्का र जीरोकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो । चालक मानबहादुर बानियाँ अहिले प्रहरीको नियन्त्रणमा छन् । तर उनलाई छुटाउन राजनीतिक दल र पहुँचवालले दबाब दिइरहेका भन्दै युवतीका आफन्त र शुभचिन्तकले कारवाहीका लागि दबाबमूलक प्रदर्शन गरेका छन् ।

    उनीहरुले अदालत अगाडी धर्ना दिए । पीडकले दण्ड पाउनुपर्ने उनीहरूको माग छ । 'न्याय किन्ने प्रयास भइरहेको छ । सांसद र नेताहरू लाइन लागेर पीडक छुटाउन आएका छन्,' उनीहरूले भने, 'न्याय नमरोस् ।

    मृतकका परिवारलाई कति पीडा भएको छ ? कसले हेर्ने ?' मृतक दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology