Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको मालिका बिमवाङमा एक वृद्दाको हत्या,दुई जना घाइते

म्याग्दीको मालिका बिमवाङमा एक वृद्दाको हत्या,दुई जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०८० शनिवार • ११:३०:०० बजे
  • 3.4K
    SHARES
  • म्याग्दीको मालिका बिमवाङमा एक वृद्दाको हत्या,दुई जना घाइते

    म्याग्दीको मालिका गाउँपालिका-७ बिमवाङमा एक वृद्दाको हत्या भएको छ । आज दिउँसो ढुङ्गाको छपनी प्रहार गरेर एक जना वृद्धाको हत्या र अन्य दुई जनालाई चिर्पटले हानेर घाइते बनाएका छन् ।

    images

    छप्पनी प्रहार गरेर मालिका-७ बिम तल्लोगाँउकी ७० वर्षीया मनिषा गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनु भयो । मृतक बृद्दाकि ७ वर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् ।

    मनिषालाई छप्पनी प्रहार भएको देखेर बचाउन गएका प्रियंका र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाई भागेका थिए । घाइते दुईजनालाइ दरवाङ प्राथमिक उपचार केन्द्रमा उपचार पश्चात् हेलिकप्टर मार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । प्रियंकाको अवस्था गम्भिर रहेको छ । एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

    घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको प्रनाउ कुँवरले बताउनुभयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology